दक्षिण अफ्रिकाले आईसीसी टी-२० विश्वकप २०२४ को पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ। यो दक्षिण अफ्रिकाको लागि विश्वकप क्रिकेटको फाइनलमा पहिलो उपस्थिति हो। यसअघि उनीहरु एकदिवसीय विश्वकपको सेमिफाइनलमा पाँच पटक र टी-२० विश्वकपको सेमिफाइनलमा दुई पटक पराजित भएका थिए।
५७ रनको लक्ष्य पछ्याउँदै दक्षिण अफ्रिकाले ८.५ ओभरमा मात्र १ विकेट गुमाएर जित हासिल गर्यो। ओपनर रिजे हेन्ड्रिक्सले २५ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै अविजित २९ रन बनाए। एडेन मार्करामले २१ बलमा ४ चौकाको मद्दतले अविजित २३ रन बनाए।
उच्च स्तरको प्रतिस्पर्धामा लगातार चुनौती दिँदै आए पनि कहिल्य फाइनलसम्म पुग्न नसकेको दक्षिण अफ्रिकाको लागि यो जित ऐतिहासिक क्षण हो। विश्वकपको उपाधि दौडमा पहिलो पटक सहभागी हुन पाउँदा उत्साह र आत्मविश्वासले टिम भरिएको छ।