आज विश्वभर १०औं अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ। संयुक्त राष्ट्रसंघको महासभाबाट पारित प्रस्तावअनुसार सन् २०१५ देखि हरेक वर्ष जुन २१ लाई विश्व योग दिवसका रुपमा मनाउँदै आइएको छ।
नेपाल सरकारले पनि संयुक्त राष्ट्रसंघको निर्णयअनुसार सन् २०१६ देखि हरेक वर्ष २१ जुनलाई national yoga day का रुपमा मनाउँदै आएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयोजनमा आज काठमाडौंको टुँडिखेलमा एक भव्य कार्यक्रम आयोजना गरी दशौं अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ।
कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीगण, सांसद, कूटनीतिक नियोगका प्रतिनिधि, विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति तथा आम नागरिकहरुको सहभागिता रहेको छ।
कार्यक्रममा योग गुरुहरुले विभिन्न आसनहरुको प्रदर्शन गर्नुका साथै योगको महत्वबारे जानकारी गराउनेछन्।
यसै अवसरमा देशभरका विभिन्न विद्यालय, कलेज, संघसंस्थाहरुमा पनि योग दिवसका अवसरमा कार्यक्रमहरु आयोजना गरिएका छन्।
‘योगा फर सेल्फ एन्ड सोसाइटी’ भन्ने मूल नाराका साथ दशौं विश्व योग दिवस मनाइँदै छ।
योग शारीरिक तथा मानसिक स्वास्थ्यका लागि अत्यन्त लाभदायक रहेको छ। योग गर्नाले रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुनुका साथै मानसिक तनाव घट्छ।
योग सबै उमेरका मानिसहरुले गर्न सक्ने सरल र सहज व्यायाम हो।
यो दिवसको अवसरमा सबैलाई नियमित योग अभ्यास गर्ने प्रेरणा होस्।