नेपाल आइडल सिजन पाँचका विजेता करण परियारको संघर्षपूर्ण यात्रा

असार ९, २०८१
Karan Pariyar

बर्दिया जयनगरका करण परियार बाल्यकालदेखि नै गीत गाउन सिपालु थिए। विद्यालयमा उनको अलग क्रेज थियो। गायन कला सिक्न पाए सजिलो हुन्थ्यो भन्ने लागे पनि बाध्यताले सकेनन्। त्यसपछि उनी काठमाडौँ लागे।

पहिलो तीन महिना बाबुसँगै बसे। तर उनी काठमाडौँमा टिक्न सकेनन् र घरतिर फर्किए। गायन कक्षा लिन पैसा थिएन र घरले खर्च धान्ने अवस्था पनि थिएन। भोकै बस्नुपर्ने अवस्थामा एक साथीले उनलाई तीन दिन घरमा राखे। त्यसपछि उनले कार्पेट फर्निसिङको सामान डेलिभरी गर्ने काम पाए।

कपनमा डेरा लिए। जोरपाटीको म्युजिक सेन्टरमा अनुरोध गरेर कक्षा लिन थाले। शनिवार, उनी नेपाल आइडल सिजन पाँचको विजेता बने।

कार्पेट फर्निसिङको डेलिभरीको काम गर्दागर्दै, चप्पलमै उनी आइडलको काठमाडौँ अडिसनमा सहभागी भएर गोल्डेन माइक पाउन सफल भए। आइडलमा सहभागी हुँदै गर्दा उनले भनेका थिए, “यस्तो गायन बन्ने, हरेकको धड्कनमा बस्न सकियोस्।” आइडलको मञ्चमा ‘सङ्गी डुब्दैछु तिम्रो यादमा’ गाएर गोल्डेन माइक पाएका उनी थिएटर राउन्डमा गोल्डेन माइक पाएका पाँच प्रतिस्पर्धीसँग ‘रातो र चन्द्र सूर्य’ गाए।

पियानो राउन्डमा ‘मलाई यो जिन्दगीले चोट दियो गनिगनी’ गाए। गाला राउन्डमा ‘के लत लाग्यो मलाई’ गाएर निर्णायकहरूलाई छक्क पारेका उनी टप १० मा पुग्दा डेन्जर जोनमा परे पनि प्रतिस्पर्धामा खरो उत्रँदै विजेता बने। मीठो स्वर त भयो नै, उनी विजेता बन्नुको कारणमा उनको सरलपनले पनि निकै साथ दियो। लप्पनछप्पन नजानेको उनको सरलपनले पनि उनको फ्यान फलोइङ मजाले बढायो।

निर्णायकमध्ये न्हु बज्राचार्यले त उनका लागि गीत कम्पोज गर्ने वचन दिइसके। इन्दिरा जोशी र कालीप्रसादका पनि उनी प्रिय थिए। प्रतियोगितामा सलोमी गुरुङ फस्ट रनरअप भइन्। सेकेन्ड रनरअप भए सचिन विश्वकर्मा। थर्ड रनरअप भए मोहित भुजेल।

जवाफ लेख्नुहोस्

Your email address will not be published.