हालको अवस्था:
- मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ।
- यसको प्रभावले देशभर सामान्यतया बदली रहेको छ।
- बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो:
- देशभर सामान्यतया देखि पूर्णतया बदली रहनेछ।
- कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
- कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
- कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।
आज राति:
- कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
- कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ।
- कोशी, मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।
सावधान:
- भारी वर्षाको कारण पहिरो, बाढीजस्ता प्राकृतिक प्रकोपको जोखिम बढ्न सक्छ।
- सतर्क रहनुहोः नदी तटीय क्षेत्रमा बस्नेहरू, यात्रा गर्नेहरू, तथा अन्य जोखिमपूर्ण समुदायहरू।
- नवीनतम मौसम पूर्वानुमानका लागि नियमित रूपमा मौसम विभागको वेबसाइट हेर्नुहोस्।