बेलबारी, मोरङ – मोरङको बेलबारी नगरपालिकामा बुधबार साँझदेखि हराइरहेका एकजना ५ वर्षीय बालक नहरमा डुबेर मृत अवस्थामा भेटिएका छन् ।
स्थानीय प्रहरीका अनुसार, बेलबारी नगरपालिका-५ का बस्ने ५ वर्षीय विवश वन बुधबार साँझ ५ बजेदेखि घरबाटै हराएका थिए । खोजीका क्रममा बिहीबार उनको शव घरबाट करिब ४ किलोमिटर दक्षिणपूर्वस्थित नहरमा डुबेको अवस्थामा भेटिएको हो ।
प्रहरीले घटनाको अनुसन्धान थालेको छ । बालकको शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ ।