हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती र मधेश प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
आजको मौसम पूर्वानुमान:
- दिउँसो: देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशभर धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
- राति: देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशभर धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा साथै एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
विभागको चेतावनी:
- जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न तथा त्यसबाट ती क्षेत्रको दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
अतिरिक्त जानकारी:
- देशभरको मौसम अपडेटको लागि, जल तथा मौसम विज्ञान विभागको वेबसाइट https://www.dhm.gov.np/ मा जानुहोस् ।
- तपाईं विभागको मोबाइल एप्लिकेशन पनि डाउनलोड गर्न सक्नुहुन्छ ।
- विभागले सामाजिक सञ्जाल मार्फत पनि मौसम सम्बन्धी जानकारी प्रदान गर्दछ ।