आजको मौसम: आज दिउँसो र राति केही ठाउँमा भारी वर्षाको सम्भावना

असार २२, २०८१
Weather for Nepal

हालको अवस्था:

  • देशभर मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानको उत्तरमा अवस्थित छ।
  • हाल देशभर सामान्यदेखि पूर्ण बदली छ।
  • मधेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा, कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो:

  • देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।
  • सबै प्रदेशका धेरै ठाउँमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
  • कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तथा मधेश प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना छ।
  • गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई ठाउँमा धेरै भारीदेखि अति भारी वर्षाको पनि सम्भावना छ।

आज राति:

  • देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।
  • कोशी र मधेश प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशका धेरै ठाउँमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
  • गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तथा कोशी प्रदेशका एक-दुई ठाउँमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।
  • गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई ठाउँमा अति भारी वर्षाको पनि सम्भावना छ।

सचेतना:

  • सम्भावित बाढी र पहिरोबाट सतर्क रहनुहोस्।
  • मौसमको latest अपडेटको लागि स्थानीय अधिकारीहरूको जानकारी लिनुहोस्।