आजको मौसम: देशभर मनसुनी वर्षा जारी, केही स्थानमा भारी वर्षाको सम्भावना

साउन १३, २०८१
आजको मौसम

जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ।

विभागका अनुसार आज देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

यस्तै, राति पनि देशभर सामान्य बदली रहनेछ। लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

विभागले कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाका साथै अति ठूलो वर्षाको सम्भावना रहेको जनाएको छ। यी क्षेत्रका बासिन्दालाई गेग्रान बहाव, बाढीपहिरो तथा भूक्षयको जोखिमबाट सतर्क रहन आग्रह गरिएको छ।